Logo
२ जेष्ठ २०८१, बुधबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म मात्र

काठमाडौं : सरकारले देशभरको विद्यालय समय परिर्वतन गरेको छ । यसअघि आधिकारीक विद्यालय समय १०-४ थियो ।

तर सरकारले उक्त समयलाई परिर्वतन गर्दै देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्नेरगराउने निर्णय गरिसकेको छ ।

साथै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको छ ।

यो निर्णय देशभर र सबै विद्यालयहरुमा लागु गर्ने कुरा भैरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकासचिव महेशप्रसाद दाहालले बताए ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्