Logo
५ जेष्ठ २०८१, शनिबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी नगरपालिकामा कोरोना भाइरस सचेतना

प्रदेश १ स्थित सुनसरीको दुहबी नगरपालिकाले कोरोना भाइरससम्बन्धी सचेतना दिएको छ । माहामारीको रुपमा फैलिएको कोरोना भाइरस यहाँ पनि आउन सक्ने भन्दै दुहबी नगरपालिकाको कार्यालयले आफ्ना मातहातका स्वास्थ्य शाखाका कर्मचारी, जनप्रतिनिधि,संघ संस्थाका प्रतिनिधि, पत्रकारहरुबिच सचेतनामुलक कार्यक्रम तथा अन्तरक्रिया गरेको हो ।

दुहबी नगरपालिकाले नोभेल कोरोना भाइरस संक्रमण सम्बन्धि पालिका स्तरीय सचेतना कार्यक्रम गरेको हो । सोमबार दुहबी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका लक्षण र यसबाट बच्ने उपायको सम्बन्धमा सचेत एंव सजकता अपनाउन दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले सल्लाह दिनहुँदै दुहबी नगरपालिकाको टोलटोलमा सचेतनामूलक कार्यक्रम गर्न दुहबी नगर स्वास्थ्य शाखा प्रमुखलाइ निर्देशन दिनुभयो ।

मेयर गच्छदारले गर्मी बढेसँगै टोल–टोटमा मच्छर आतंक बढेकोले औषधी छर्कने समेत बताउँनुभयो । सचेतनामुलक कार्यक्रमा दुहबी नगर स्वास्थ्य प्रमुख बिन्देश्वरप्रसाद मेहताले सहजीकरण गर्दै कोरोना भाइरसको परिभाषा,लक्षण तथा रोकथामको बिषयमा जानकारि दिएका थिए । चीनबाट सुरु भएको कोरोनाको प्रकोप अहिलेसम्म संसारका १ सय ४९ वटा देशमा फैलिएको छ। महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण हाल विश्वका १ सय ५६ देशमा फैलिसकेको छ । यसबाट ६ हजार ६८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्