Logo
५ जेष्ठ २०८१, शनिबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगरपालिकाको मात्र भर पर्न छाडौं भन्दै दुहबी ४ का स्थानीयवासी सरसफाइमा जुटे

टोल सफा राख्नको लागि सधै नगरपालिकाको मात्र भर नपरी आफ्नो टोल आफै सफा गरौँ भन्ने सन्देश दिनको लागि दुहबी ४ का स्थानीयवासीहरु सरसफाइ अभियानमा जुटेका छ्न ।

सरसफाइ अभियान संचालन गरिएको अभियानका एक अभियानकर्मी रमेश बस्नेतले बताए ।
सरसफाइलाई अभियानलाई निरन्तरता दिने समेत उनले बताए ।

दुहबी नगरपालिका वार्ड नम्बर ४ स्थित प्रगती टोल बिकास संस्थाको आयोजनामा इलाका प्रहरी कार्यलय दुहबी को सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र वार्ड नम्बर ४ को संयुक्त सहभागितामा आज बिहान प्रगति टोलको बृहत् सरसफाइ अभियान सम्पन्न भएको हो ।

उक्त अभियानमा इप्रका दुहबी, वडा नम्बर ४ का अध्यक्ष राजन बस्नेत,सदस्य शंकर बस्नेत,लगायत स्थानिय युवा,महिला ,बुद्दिजिबी, समाजसेवी हरुको व्यापक उपस्थित रहेको थियो।

वडाध्यक्ष राजन बस्नेतले झाडु,पन्जा,मास्क बितरण गर्नु भएको थियो। प्रगति टोल बिकास सस्थाका अध्यक्ष योगेन्द्र पौडेल ,सचिब रमेस बस्नेत,लगायत पधादिकारी र सदस्य हरुले आफुहरु बाट सुरु भएको यस्ता अभियान लाई निरन्तरता दिदै स्वच्छ ,सफा,हरभरा, र समृद्ध समाज निर्माण गर्न अहोरात्र खट्ने बताएका थिए।

दुहबीमै नमुना टोल का रुपमा बिस्तार गर्ने भाबी रणनीति का साथ सुरु भएको यो अभियानले निकट भबिस्यमा आफ्नो टोलका लागि उदाहरणिय काम गर्ने समेत स्थानिय युवा हरु बताउछन।

यसबाट पाठ सिक्दै अन्य टोल हरुले पनि यस्ता गतिविधि हरु सन्चालन गर्ने हो हने बास्तब मै दुहबी नमुना नगरमा परिणत हुन समय लाग्ने छैन।

प्रकाशित मिति: Mar 14, 2020

प्रतिक्रिया दिनुहोस्