Logo
२० जेष्ठ २०८१, आईतबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशबाट आएका २ जनामा कोरोनाको आशंका, धरान आइसोलेसन वार्डमा रेफर

कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई बिरामीलाई कोसी अञ्चल अस्पताल विराटनगरले धरान रेफर गरेको छ ।

रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएका दुई जनालाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोसी अस्पतालकी मेसु डा. संगीता मिश्रले पुष्टि गरेकी छन् ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई जना कै परिचय र उमेर समूह गोप्य राखिएको छ । तर, दुवैजना केहि दिनअघि मात्र विदेशबाट आएको बताइएको छ । कुन देशबाट आएका हुन भन्ने पनि खुलाइएको छैन ।

कोरोना आशंका गरिएका बिरामी उपचार गर्न कोसी अस्पतालमा तयार गरिएको वार्डको जिम्मेवारी सम्हालिरहेका डा. लक्ष्मीनारायण यादवले दुई जनालाई थप उपचार र परीक्षणको लागि धरान पठाइएको जानकारी दिएका हुन् ।

 

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्