Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन नेपालका राजदूत भेरोनिका कोडीबीच भेटवार्ता

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदूत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेका हुन् ।  भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा गरेको कामहरु मुख्यमन्त्री राईलाई जानकारी गराएकी थिइन् ।

भेटवार्ताका क्रममा राजदूत कोडीले संघीयता नेपालको लागि अवसर भएको बताउँदै संघीयता लागू भएका देशहरुमा पनि यसको कार्यान्वयनमा समय लागेको स्पष्ट पारेकी थिइन् ।

भेटवार्तामा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताए । ‘नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको संघीयता मौलिकतामा आधारित छ’ मुख्यमन्त्री राईले भनेका छन्।

संघीयता कार्यान्वयन, कर्मचारी समायोजन लगायतका विषयमा राजदूत कोडीले मुख्यमन्त्री राइसँग जिज्ञासा राखेकी थिइन् । प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शुन्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधारहरु तयार भएको जानकारी गराए ।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्