Logo
५ जेष्ठ २०८१, शनिबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कोरोनाको संक्रमण फैलिए नेपालले थेग्न सक्दैन’

काठमाडौँ : आजको प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिनु पहिल्यै सचेतताका कदम चाल्न सांसदहरूले सरकारको ध्यनाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रतिपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारले कोरोना संक्रमण फैलिनुपूर्व नै अत्यावश्यक कदम चाल्नुपर्ने बताए।

कोरोनाको संक्रमण फैलिएमा नेपालले थेग्न सक्ने अवस्था नरहेकाले पहिले नै सचेत हुनुपर्ने उनको भनाइ थियो। विश्व स्वास्थ्य संगठनले कोरोना प्रकोप विश्वव्यापी भएको भनेको कुरा उल्लेख गर्दै उनले अमेरिका, युरोप र अन्य धनी मुलुकले कोरोना प्रकोप रोक्न नसकेको भन्दै सरकारले पहिल्यै एक्सनमा आउनुपर्ने सुझाव दिएका थिए।

समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले कोरोना संक्रमण फैलिए सरसफाइको व्यवस्था नरहेको संसद्मै जोखिम हुने बताइन्।

सांसद रंगमती शाहीले ताक्लाकोटमा रहेका दार्चुला, बझाङ र हुम्लाका स्थानीयलाई उद्धार गर्न माग गरेकी छन्।
कोरोना प्रकोपले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक घटेको अवस्थामा नेपालमा भने उपभोक्ताले उच्च मूल्य तिर्नुपरेको राजेन्द्र केसीको भनाइ थियो।

सांसद रामबहादुर विष्टले बजारमा स्यानेटाइजर, मास्क लगायतका सामग्रीमा कालोबजारी र मूल्यवृद्धि गरिएको भन्दै सरकारले तत्काल यसमा रोक लगाउनुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्