नेपाली कांग्रेसका सांसद द्धारा संसद र स्कुल बन्द गर्न माग
नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाका कारण संसदको अधिवेशन पनि रोक्न माग गरेका छन् ।
उनले प्रतिनिधिसभाको केहीबेर अघि सुरु भएको बैठकको शून्य समयमा बोल्दै विश्वमा एकैपटक महामारीका रूपमा कोरोना फैलिएको भन्दै यस्तो माग गरेका हुन् ।
उनले युरोप, अमेरिकाजस्ता देशहरू त्रसित भएको अवस्थामा नेपालले तत्काल भिड जम्मा हुने विद्यालय, संसदजस्ता ठाउँहरू बन्द गर्न पनि माग गरेका हुन् ।