Logo
११ असार २०८२, बुधबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली डिस्चार्ज हुनु पहिला नै नेकपा सचिवालय बैठक डाक्न प्रचण्डलाई दबाब

प्रधानमन्त्री डिस्चार्ज हुनु पहिला नै नेकपा सचिवालय बैठक डाक्न नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई दबाब बढेको छ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार हुने तयारीमा छन् । अस्पताल स्रोतले दिएको जानकारीअनुसार ओलीको डिस्चार्जको तयारी भैरहेको छ ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालय बैठक डाक्न दबाब परेको छ । प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनुभन्दा पहिले नै दाहाललाई सचिवालय बैठक डाक्न दबाब परेको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थयमा क्रमिक सुधार भैरहेको छ । हिँडडुल गर्ने, व्यायाम गर्ने कार्यलाई प्रधानमन्त्री ओलीले निरन्तरता दिएका छन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार पार्टी एकताको बाँकी कार्यभार पूरा गराउनको लागि सचिवालय बैठक डाक्न दबाब परेको छ ।

दाहालले पनि आजै सचिवालय सदस्यहरुसँग छलफल गरेर बैठक डाक्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्