Logo
५ जेष्ठ २०८१, शनिबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा-राप्रपा संयुक्तको एकीकरणपछि अब पार्टी फुट्दैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी एकताको पूर्वसन्ध्यामा राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका छन् ।

आज मंगलबार बसेको केन्द्रीय कार्य समितिको विशेष बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका नलिन सबैलाई आग्रह गरे । उनले पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने मानसिकताका साथ अगाडि बढ्नुपर्ने बताए ।

उनले कम्युनिस्ट र कांग्रेसको विकल्प जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने धारणा राखे ।

कांग्रेस र कम्युनिस्टले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने उनले दाबी गरे । बुधबार राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता घोषणा हुँदैछ ।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्