Logo
३१ बैशाख २०८१, सोमबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकल नदिएको बेहुलाले गरे बिहे बहिस्कार, बेहुलीकी आमाले मागिन् गुहार

प्रदेश नं २ स्थित धनुषाको नगराइन नगरपालिका–२ जटहीस्ति विहेअघि मोटरसाइकल नदिएको भन्दै बेहुला पक्ष विवाहै गर्न नआए पछि पुजाको विवाह टुटेको छ ।

स्थानीय सुकदेव सदाकी छोरी पुजाको विवाहकालागि गत आइतवार दुलहा आउने कार्यक्रम थियो । तर विवाहका लागि धनुषाको भुतही पटेर्वा निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशील विवाहकालागि नआएपछि विवाह टुटेको हो ।

त्यसै अनुसार आर्थिक अवस्था अत्यन्त कमजोर भएपनि बेच्नी सदाले छोरीको विवाहका लागि ५ लाख रुपैयाँ चर्को ब्याजमा लिएर सबै तयारी गरेकी थिइन् ।

विवाहमा बेहुली पक्षले २ आना सुन र एउटा झण्डै २ लाख रुपैयाँ पर्ने मोटरसाइकल दाइजोमा दिने भनेर टुंगो लागेको थियो।तर दाइजोमा भनेको मोटरसाइकल अगाबै दिन नसक्दा विवाह नै रोकिएपछि बेच्नीको परिवार अहिले निकै तनावमा छन्।

बेहुलाको अनुपस्थिमा अस्तव्यस्त बनेका बहुलीको घर र उपस्थित आफन्तहरु

बेहुलीकी आमा बेच्नीले ३ दिनभित्रै आफूले भनेको मोटरासइकल दिने भन्दै विवाह नतोड्न केटापक्षसँग हार–गुहार गरिन्। १ लाख रुपैयाँ नै तत्काल लिनुस्, नागरिकता बन्धक राख्नुस्। हामीले मोटरसाइकल भोलि नै उपलब्ध गराइदिन्छौँ। ’

यो विवाह इन्कार नगर्नुस् भनेर हाम्रो पक्षबाट गएका सबैले बिलौना गरे। तर, केही चलेन,’ पूजाकी आमा बेच्नीले भनिन्, ‘केटालाई नै भगाइदिए। केटालाई हेर्न समेत दिएनन्।

रातिमै १०–१२ जना आफन्त र समाजका गन्यमान्य व्यक्तिको समूह बेहुलाको घरमा पुगे। बेहुलापक्षलाई जसरी पनि विवाहको लागि मनाउनका लागि एक लाख रुपैयाँका साथमा बेहुलीका बुबा सुकदेवको नागरिकता पनि उनीहरुले लगेका थिए।

 

विवाहका लागि तयार गरिएको मण्डप

बेच्नीले छोरीको विवाहको लागि ५ लाखा रुपैयाँ ऋण काढेर तयारी गरेको र सबै बर्बाद भएकाले विवाह नगर्ने बेहुला पक्षलाई कडा कारबाही गर्न प्रशासनसँग माग गरिन्।

‘मोटरसाइकल नै नदिएको कारण विवाह नगर्ने केटासँग बिहे गरेर म के गरौँला ररु भोलि कुनै बहानामा कुटपिट गर्छन्। हत्या नै गरिदिन सक्छन्,’ पूजाले भनिन्, ‘तर, विवाह गर्ने समय तोकेर बिहे नगर्ने र अरुको प्रतिष्ठामाथि आँच पुर्याउनेलाई कडा कारबाही हुनुपर्छ।’

‘पाँच लाख रुपैयाँ साहु महाजनसँग ऋण काढेर विवाहको लागि सबै खर्च गरें। यो क्षतिपुर्ति हामीलाई उपलब्ध गराउन र केटापक्षलाई कारबाही गराउन सहयोग गरिदिनुस्।’ बेच्नी सदाले गुहार गर्दै भनिन्।

विवाह रोकिएपछि छोरी पूजाले बेहुलापक्षलाई कारबाही हुनुपर्ने माग गरेकी छन्। उनले अब त्यो केटासँग छोरीको विवाह समेत गर्न नसक्ने बताइन्।

जन्ती नआउने खबरपछि निराश अवस्थामा आमा बेच्नी सदा र छोरी पूजा सदादाइजोको कारण विवाह रोक्नेलाई कारबाहीको दायरामा ल्याउने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए।

‘दाइजो कसुरमा मुद्दामा छोरापक्षलाई कारबाही गर्न सकिन्छ,’ प्रजिअ कँडेलले भने, ‘तर, त्यसको लागि छोरी पक्षले जाहेरी दिनुपर्यो। हामी कारबाही प्रक्रिया अघि बढाउँछौं।’

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्