Logo
५ जेष्ठ २०८१, शनिबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक बिदाको दिन प्रहरीका ५ जना डीएसपीको काज सरुवा, को कहाँ पूगे ?

काठमाडौं : सामान्यतः सार्वजनिक बिदाको दिन कर्मचारीको काज सरुवा गरिने चलन छैन । तर, हालै मात्र प्रहरी महानिरीक्षक नियुक्त भएका ठाकुर प्रसाद ज्ञवालीले ‘आफ्नो सहजता’का लागि ५ जना डीएसपीहरुको काज सरुवा गरेका प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

प्रहरी प्रधान कार्यालयलले सार्वजनिक बिदाको दिन ५ जना नायव उपरीक्षक (डीएसपी)हरुको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार (होलीको सार्वजनिक बिदा भएको दिन) ५ जना डीएसपीको काज सरुवा गरेको हो ।

काज सरुवा हुने डीएसपीहरुमा महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी रमेश सिंह, जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्की, प्रहरी प्रधान कार्यालयका डीएसपी मदन कुँवर, डीएसपी भरत श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी प्रतिकसिंह राठौर छन् ।

महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी सिंहलाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अपराध अनुसन्धान विभागमा काज सरुवा गरिएको छ भने उनको ठाउँमा रौतहटको डीएसपी कार्कीलाई खटाइएको छ ।

रौतहटमा डीएसपी भरत श्रेष्ठलाई सरुवा गरिएको छ । यस्तै, डीएसपी मदन कुँवरलाई सर्लाही सरुवा गरिएको छ भने सर्लाहीका डीएसपी प्रतिकसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा खटाइएको छ ।

 

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्