Logo
५ जेष्ठ २०८१, शनिबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चेकबाउन्सपछि प्रहरीको खोजीमा रहेका ठेकेदार मनोज भेटवालले गरे प्रहरी समक्ष आत्मसमर्पण

७५ लाख चेकबाउन्स पछि प्रहरीको खोजी सूचिमा रहेका ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

एपेक्स बैंक घोटला काण्डमा मुछिएका ‘क वर्ग’का ठेकेदार भेटवाल मंगलबार बिहान साढे ८ बजे महानगरीय प्रहरी परिसर टेकुमा हाजिर भएका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

भेटवाल लामो समदेखि लुकेर बसेका थिए । काठमाडौंको पुरानो बसपार्कमा ३२ तले टावर निर्माणको ठेक्का लिएर निर्माण कार्य गरिरहेका भेटवाललाई पक्राउ गरीएको हो ।

उनको स्वच्छन्द बिकोई कम्पनी हो । उक्त कम्पनीले ल्याएको उपकरणको भाडा तिर्न नसकेपछी पछिल्लो समय साहु कम्पनीले ती उपकरण फिर्ता लगेको थियो । कम्पनीले सामाग्री उठाएपछि उनी भारत लागेका थिए ।

‘हाम्रो खोजी सूचिमा हुनुहुन्थ्यो, आज बिहान आफै आउनुभो’, बोगटीले भने ।

भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्