Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एस बैंकका पूर्व अध्यक्ष तथा संस्थापक राना कपूर पक्राउ

सम्पत्ति शुद्धीकरणको मुद्दामा भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले एस बैंकका पूर्व अध्यक्ष तथा संस्थापक राना कपूरलाई आइतबार पक्राउ गरेको छ ।

यस विषयमा उनीमाथि गरिएको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो । उनीमाथि विभिन्न कर्पोरेट संस्थालाई ऋण प्रदान गर्दा पैसा लिएको आरोप छ ।

ईडीका अनुसार कपूरले देवान हाउजिङ फाइनान्स लिमिटेड टाट पल्टेको अवस्थामा ऋण तिर्न नसक्दा ६० अर्ब लिएर मुद्दा सुल्झाएको आरोप छ ।

कुनै समय एस बैंक भारतको पाँचौं ठूलो ऋणदाता थियो । तर, पछिल्लो समय बैंक डुब्ने खतरामा पुगेसँगै एसबीआई बैंकले लगानी गर्ने भएको छ ।

उनी गत वर्षसम्म एस बैंकको अध्यक्ष थिए । तर, गत वर्ष उनलाई केन्द्रीय बैंकले अध्यक्ष पदबाट हटाएको थियो ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्