Logo
१२ बैशाख २०८१, बुधबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोका–कोला ‘स्टार’ द्धारा महिला सशिक्तकरण कार्यक्रम संचालन हुँदै

जब तपाईं एक महिलालाई सशक्तिकरण गर्नुहुन्छ तब तपाईंले समाजलाई मात्र नभएर पूरा राष्ट्रलाई सशक्तिकरण गर्नुहुन्छ, यो कोका–कोला कम्पनीको अभिव्यक्ति हो । महिलाहरुले आर्थिक सम्भावित क्षमता राख्नु संसारको साझा सफलतामा बराबरको योगदानकर्ता हो भन्ने कम्पनीको विश्वास छ ।

कोका–कोला कम्पनी कार्यक्षेत्रमा र यसको सबै दृष्टिकोणबाट महिला सशक्तिकरणमा केन्द्रित रहेको छ । यसलाई कार्यमा लागू गर्दै बोटलर्स नेपाल लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले आफ्नो ग्लोबल पहल ५ बाइ२० को हिस्साको रुपमा शप्कीपर ट्रेनिङ एण्ड रिसोर्स ‘स्टार’ कार्यक्रम संचालन गर्दै आएको छ । जसको उद्देश्य सन् २०२० सम्म ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनु हो ।

व्यवसायको ४ मुख्य क्षेत्रमाः पसल व्यवस्थापन, स्टक व्यवस्थापन, ग्राहक व्यवस्थापन र वित्त व्यवस्थापनमा केन्द्रित भएर नेपालको गतिशील खुद्रा परिवेशमा सफल हुन आवश्यक सीप, प्रविधि र उपकरणहरु प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।

हामीले नेपालमा अधिकांश खुद्रा विक्रेताहरु महिला रहेको बुझेका छौं । ग्रामीण क्षेत्रका महिलाहरुमा व्यवसायिक सीपको अभाव देखिन्छ । खुद्रा विक्रेताहरुले आफ्नो जीवनमा सामना गरिरहेका अवरोधहरु हटाउन सहयोग र समर्थन गर्ने उनीहरुको लक्ष्य रहेको छ ।

कोका–कोला टिमले महिला सशिक्तकरण गर्नुमा विशेष जोड दिरहेका छन् । महिलाहरुलाई अगाडी बढाउनु साथै आर्थिक रुपमा बलियो बनाउनु  उनीहरुको उद्देश्य हो ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्