Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौसहित देशका धेरै ठाउँमा चट्याङसहित असिना पानी पर्ने सम्भावना, आइतबारबाट मौसम खुल्दै जाने

पश्चिमी वायु र स्थानीय वायुको प्रभावकारण अहिले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी परिहेको छ ।

हिजो शुक्रबार रातिदेखि नै विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पानी पारिरहेको प्रणाली सक्रिय हुने भएकाले आज दिउँसो पनि देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुनेछ । तर झरीको सम्भावना भने नभएको उनले बताए ।

पश्चिमी वायुसँगै स्थानीय वायु कमजोर भएपछि आइतबारदेखि भने मौसम खुल्दै जाने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Mar 7, 2020

प्रतिक्रिया दिनुहोस्