Logo
२२ बैशाख २०८१, शनिबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आधा दर्जन उद्योगी व्यवसायीको टिमदा्रा नेपालमै सर्जिकल मास्क उद्योग खोल्ने तयारी

काठमाडौं : आधा दर्जन उद्योगी व्यवसायीको टिमदा्रा नेपालमै सर्जिकल मास्क उद्योग खोल्ने तयारी भएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाईरसले विश्वमै महामारी रोगको रुप लिन थालेसँगै यस्को असर नेपालमा पनि परेको छ । असर पश्चात नेपालमा मास्क अभाव भएपछि केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् ।

त्यसका लागि दीपक मल्होत्रासहित करिब आधा दर्जन उद्योगी व्यवसायीको टिमले मास्क उत्पादन गर्ने योजना बनाएको हो । त्यसमा सरकारले पनि सहजीकरण गर्नेछ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मास्क उत्पादन गर्ने योजना तयार भइसकेको र अभाव टार्ने गरी मास्क उत्पादन गर्न सुरु गर्ने तयारी भएको जानकारी दिए ।

केही दिनअघि सरकारसँग भएको छलफलमा सरकारले सघाएमा मास्क उत्पादन गर्न सकिने प्रतिवद्धता निजी क्षेत्रले जनाएको थियो ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्