Logo
१७ बैशाख २०८१, सोमबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा हेल्थ डेक्स राख्न माग : यादव भन्छन् कुनै जाँच हुँदैन, एक जनामा मात्रै संक्रमण देखिए के होला?

सांसद प्रदीप यादवले कोरोनाभाइरसको जोखिममा सांसद समेत रहेकाले अविलम्ब संसद बन्द गर्न माग गरेका छन्।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले सांसदहरू जोखिममा रहेको दोहोर्‍याउँदै पूर्वतयारी गर्न नसके अविलम्ब संसद बन्द गर्न माग राखे।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद यादवले सरकारले नै कोरोना जोखिमका कारण भीडभाडमा नजानु भनेको सन्दर्भमा २ सय ७५ जना सांसद कुनै जाँचबिना संसद प्रवेश गर्ने भएकोले सांसदहरू नै जोखिममा रहेको बताए।

‘हामी सांसद र मन्त्री नै धेरै भीडभाडको कार्यक्रममा जान्छौं। तर संसदभित्र प्रवेश गर्दा कुनै जाँच हुँदैन। कुनै सांसदलाई संक्रमण भयो भने हाम्रो संसदको हाल के होला,’ उनले प्रश्न गरे।

०७६ फागुन २३ गतेको प्रतिनिधिसभा बैठकमा ककसले के बोले हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्