Logo
५ जेष्ठ २०८१, शनिबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को बारामा अनौठो प्रकृतीको दुर्घटना : लडेका युवकको नाकबाट रगत, पेटमाथि मोटरसाइकल

प्रदेश २ स्थित बिहीबार साँझ भने बारा जिल्लामा अनौठो किसिमको दुर्घटना भएको छ । दुर्घटनाको प्रकृती हेर्दा अनौठो देखिए पनि उक्त दुर्घटनामा परेका २८ वर्षीय मिठाराम दुरालको भने अहिले उपचार भइरहेको छ ।

उनको गण्डक प्रसौनीस्थित बयोधा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घट्नासथलमा अनौठो किसिमले लडेका उनको नाकबाट रगत बगिरहेको थियो ।

मोटरसाइकलको मोबिल चुहिएर शरीरमा परेको थियो । प्रत्यक्षदर्शी केही व्यक्तिहरुले उनलाई तत्काल उद्धार गरेर अस्पताल पुर्याए। यो दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका ७ का दुराल घाइते भएका छन् ।

दुर्घटनाको प्रकृती
एक जना मोटरसाइकल चालक पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको सिमरा उपमहानगरपालिका १६ स्थित पसाहा पुलको किनारमा उत्तानो परेर लडे । उनको ढाड सडकभन्दा करिब एक फिट अग्लो पुलको बारमा प¥यो ।

कम्मर मुनिको भाग सडकतिर र कम्मर माथिको भाग पुलको किनारातिर प¥यो । उनले चलाएको ना। १२ प ९१२ नम्बरको मोटरसाइकल भने उनको पेटमाथि चढेको थियो ।

यस्तो खालको दुर्घटना देखेर प्रहरी पनि अचम्मित भएका छन् । यस्तो दुर्घटना कसरी भयो भन्ने थाहा पाउन नसकिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए ।

प्रहरी निरीक्षक थपलियाले जीप र त्यसका चालक कलैया उप–महानगरपालिका ४ का उपेन्द्र साह समेतलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

दुराल दुर्घटनामा परेको ठाउँदेखि केही मिटर पश्चिमतिर बा. १३ च १९७६ नम्बरको जीप फेला प¥यो । उक्त जीपको अगाडिको भाग क्षतिग्रस्त भएकाले त्यो जीपले मोटरसाइकललाई ठक्कर दिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्