Logo
१० असार २०८२, मंगलबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब जनता खुसी भए मात्र कम्युनिष्ट पार्टी रहन्छ : माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनता खुसी भए मात्र कम्युनिष्ट पार्टी रहने बताएका छन् ।

उनले भने, “आफ्नो देशका जनतालाई खुसी पार्न सकिएन भने त्यो समाजवाद पनि टिक्दैन, कम्युनिस्ट पार्टी पनि टिक्दैन, त्यो लोकप्रिय पनि हुँदैन ।’’

मदन भण्डारी फाउन्डेसन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला ५, नेपाली कम्युनिस्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा नेता नेपालले कम्युनिस्ट पार्टी रहनकै लागि जनता खुसी हुनुपर्ने बताएका हुन् ।

उनले २१औं शताब्दीको जनवादले प्रतिस्पर्धामा श्रेष्ठताको सिद्धान्तलाई अंगिकार गरेको समेत बताए । त्यसैले कम्युनिस्ट पार्टीका नेताले सर्वाहरा वर्गको नारा दिएर मात्र नहुने र आफूलाई प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्न सक्नुपर्ने बताए ।

नेता नेपालले समाजवादका राम्रा पक्षलाई लिएर पश्चिम युरोपका केही मुलुकले ठूलो उपलब्धि हासिल गरिसकेको तर समाजवाद मान्नेहरूले पुँजीवादका राम्रा पक्षलाई लिन नसक्दा अझै पनि संघर्ष गरिरहनुपरेको बताए ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्