सञ्चार तथा सूचना प्रविधिमन्त्रीको रुपमा पनि डा. खतिवडाद्वारा पदभार ग्रहण (फोटोफिचर)
- नागरिक टाइम्स/संवाददाता
२१ फाल्गुन २०७६, बुधबार ००:००
सञ्चार तथा सूचना प्रविधिमन्त्रीको रुपमा पनि डा. डा युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । नवनियुक्त मन्त्री डा. खतिवडालाई सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा कार्यभार सम्हाल्ने क्रममा मन्त्रालयका सचिव दीपक सुवेदी स्वागत गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई पद तथा गोपनीयताको शपथ खुवाउदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।
नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडा बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै ।
नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडा बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै ।नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा बुधबार सञ्चार मन्त्रालयमा कार्यभार सम्हाल्नु भएपछि मातहतका कर्मचारीलाई निर्देशन दिँदै ।