Logo
४ आश्विन २०८१, शुक्रबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चार तथा सूचना प्रविधिमन्त्रीको रुपमा पनि डा. खतिवडाद्वारा पदभार ग्रहण (फोटोफिचर)

सञ्चार तथा सूचना प्रविधिमन्त्रीको रुपमा पनि डा. डा युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । नवनियुक्त मन्त्री डा. खतिवडालाई सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा कार्यभार सम्हाल्ने क्रममा मन्त्रालयका सचिव दीपक सुवेदी स्वागत गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई पद तथा गोपनीयताको शपथ खुवाउदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।
नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडा बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै ।
नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडा बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा बुधबार सञ्चार मन्त्रालयमा कार्यभार सम्हाल्नु भएपछि मातहतका कर्मचारीलाई निर्देशन दिँदै ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्