Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कोरोना प्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था छैन’

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकालेको छ ।

सरकारको यो निर्णयसँगै पर्यटन मन्त्रालयले अन्तर्रा्ष्ट्रिय उडान रोक्नु पर्ने वा नपर्नेबारे अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणलाई भनेको थियो ।

प्राधिकरणले अहिले मुलुकभित्र कोरोनाको संक्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान–अवतरण रोक्न पर्ने अवस्था नरहेको बताएको छ ।

तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणको सिफारिसमा उल्लेख छ ।

सरकारले नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारी गरेको छ भने अति प्रभावित मुलुकका नागरिकलाई अन अराइभल भिसा नदिने निर्णय गरेको छ ।

प्राधिकरण स्रोतका अनुसार प्रतिवेदनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड पछ्याउँदै अतिप्रभावित क्षेत्रमा हुने उडान रोक्न सक्ने सम्बन्धमा नेपाल सरकारले निर्णय लिन बाधा नपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्