Logo
२४ बैशाख २०८१, सोमबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको त्रासले संखुवासभामा पनि राष्ट्रपति आउने कार्यक्रम स्थगित

संखुवासभा : कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सभा,सम्मेलन जस्ता धेरै मानिस भेला हुने कार्यक्रम रोक लगाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम स्थगित भएको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका ९ मा रहेको मनकामना रत्न अम्बिका माध्यामिक विद्यालयको फागुन २९ मा हुने ६१ औं वार्षिकोत्सव तथा हिरक महोत्सव उदघाटन कार्यक्रममा राष्ट्रपति भण्डारीलाई बोलाइएको थियो ।

राष्ट्रपति भण्डारी विद्यालयको महोत्सवमा सहभागी भएपछि पूर्वको चर्चित धार्मिक स्थल मनकामना र योगमायाको तेह त्याग गरेको स्थान भोजपुरको षडानन्द नगरपलिका १ मझुवाबेशी समेत पुग्ने कार्यक्रम तय भएको थियो।

कोरोना संक्रमण नेपालमा समेत फैलन सक्ने अवस्था भएपछि सरकारले सभा, सम्मेलन जस्ता कार्यक्रममा रोक लगाएपछि राष्ट्रपति भण्डारी आउने कार्यक्रम स्थगित गरिएको मनकामना माविका प्रधानाध्यापक कुवेरप्रसाद भेटुवालले जानकारी दिए।

मनकामना विद्यालयको ६१ औं वार्षिकोत्सव तथा हिरक महोत्सव गत माघ १५ भएपनि राष्ट्रपतिको समय ब्यस्तताका कारण सार्दै आएको थियो।

कोरोना भाइरसको संक्रमणका कारण अहिले जिल्लाका १० वटै स्थानीय तहमा राखिएको औपचारिक कार्यक्रम सभा, सम्मेलन जस्ता कार्यक्रम संचालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाल दुलालले बताए ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्