Logo
५ जेष्ठ २०८१, शनिबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल बैंकले ल्यायो टपअप मुद्धती निक्षेप योजना

ग्लोबल आईएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्धती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

योजनामा न्यूनतम १० हजार रुपैयाँमा सहभागी हुन सकिने छ ।

जसअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिनादेखि ६० महिनाको अवधि छनोट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।

योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गरी उक्त समयावधिभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।

ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्धती खाता खोली योजनामा सहभागी हुन सक्नेछन् ।

बैंकले हाल देशभर २७० शाखा सञ्जाल, २४९ शाखारहित बैंकिङ, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।

बैंकले वित्तीय सेवाको पहँुच नपुगेका देशका विभिन्न सुगम तथा दुर्गम स्थानमा आफ्ना शाखा सञ्जाल विस्तार गरी स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट नेपालको बैंकिङ क्षेत्रमा एक उत्कृष्ट बैंक हुने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्