Logo
१६ बैशाख २०८१, आईतबार
(March 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई सफल मिर्गौला प्रत्यारोपणका लागि शुभकामना

प्रधानमन्त्री ओलीलाई मिर्गौलाको सफल प्रत्यारोपणको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटरमार्फत् सोमबार बिहान शुभकामना दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले प्रत्यारोपणपछि चाँडो स्वास्थ्य लाभ गर्न पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका हुन् । उनले भगवान पशुपतिनाथले तपाईंलाई राम्रो स्वास्थ्य, सुखी र धेरै लामो जीवन प्रदान गरोस् भन्ने शुभेच्छा पनि मोदीले आफ्ना नेपाली समकक्षीका लागि प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आउँदो बुधबार महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक सेन्टरमा हुने तय भएको छ । १२ वर्ष अघि पहिलो पटक भारतमा मृगौलाको पहिलो प्रत्यारोपण गरेको थियो ।

यो दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि उनी आज सोमबार सेन्टरमा भर्ना हुने छन् ।

प्रकाशित मिति: Mar 2, 2020

प्रतिक्रिया दिनुहोस्