अध्यक्ष दाहाललाई जुत्ता हान्ने तिरुवाको वयान : ‘भाषण चित्त नबुझेपछि जुत्ता हाने’
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले प्रहरी समक्ष वयान दिएका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले सिंहदरबार प्रहरी वृत्तमा वयान दिएका हुन् । तिरुवाले आफुलाई अध्यक्ष दाहालको भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बयान दिएका छन् ।
‘भाषण सुनिरहेको थिएँ । भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष उनले बयानमा भनेका छन् ।