Logo
१७ बैशाख २०८१, सोमबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलालाई निर्ममतापूर्वक पिट्ने इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाइयो (भिडियो सहित)

ललितपुर प्रहरी परिसरले बच्चा बोकेकी महिलालाई निर्ममतापूर्वक पिट्ने प्रहरी निरीक्षक-इन्स्पेक्टर देवी पौडेललाई जिम्मेवारीबाट हटाएको छ। पौडेलले श्रेष्ठलाई लठ्ठी बर्साइरहेको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको थियो।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले पौडेललाई भेँसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाइएको जानकारी दिए। ‘ मैले शुक्रबार नै उहाँलाई त्यहाँबाट हटाएको पत्र पठाइसकेको थिएँ’, एसएसपी राईले भने।

ललितपुर प्रहरी प्रभागको नयाँ प्रमुखमा इन्स्पेक्टर सुजित ओझालाई पठाइएको छ। गत बिहीबार भैँसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको घरमा हुलदंगा र तोडफोड गरेको भन्दै इन्स्पेक्टर पौडेलले बच्चा बोकिरहेकी हेमा श्रेष्ठलाई लखेट्दै लाठी बर्साएका थिए।

घटनाको छानबिन गर्न ललितपुर प्रहरीले एसपी दुर्गा सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। ‘अबको कारबाही के हुने भन्नेमा समितिको प्रतिवेदन आएपछि निर्णय हुने छ’, एसएसपी राईले भने।

पूर्व जर्नेल खत्रीलाई आफ्नो पति दावी गर्ने माला शाहसहितको समूहमा मिसिएर हेमा त्यहाँ पुगेकी थिइन्। शाहको समूहले खत्रीको घरमा तोडफोड गरेको प्रहरीको भनाइ छ।

विवाहित खत्रीले आफुलाई कोठामा राखेर २२ वर्षदेखि श्रीमतीको व्यवहार गरिरहे पनि पछिल्लो समय नहेरेको दावी शाहको छ। प्रहरीले शाहलगायत केहीलाई अभद्र व्यवहार कसुरमा हिरासतमा राखेको छ।

हेर्नुस उनको भिडियो कुराकानी :

प्रतिक्रिया दिनुहोस्