Logo
३१ भाद्र २०८१, सोमबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।  दिउँसो १ बजे बस्ने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावसहित विभिन्न विद्येयक तथा प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ’संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने छन् ।

मन्त्री खतिवडाले नै ’सार्वजनिक ऋण व्यवस्थापन र ’बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

साथै मन्त्री खतिवडाले अर्थ समितिको प्रतिवेदन सहितको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उनले ’नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, र ’धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

सांसद विन्दा पान्डेले बोक्सा बोक्सी दाइजो लगायत कुरिती तथा एसिड प्रहार जस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, असंवेदनशील र अमर्या्दित प्रथा प्रचलन कुरिती र विकृतिको अन्त्यका लागि कानुनी कारवाही गर्न तथा यस सम्बन्धमा विशेष अभियान सञ्चालन गर्न आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै छिन् । पाण्डेको प्रस्तावमा सांसदहरु नवराज सिलवाल, कल्याणी कुमारी खड्का र सरिता कुमारी गिरीले समर्थन गर्ने छन् ।

भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको ’नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्