Logo
१६ बैशाख २०८१, आईतबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टरको लापरवाहीले प्रसुती गराउन ल्याईएकी महिलाको मृत्यु, आफन्तद्वारा अस्पताल घेराउ

प्रदेश नं १ स्थित धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याईएकी इटहरीकी लक्ष्मी बुढाथोकी र पेटको बच्चाको डाक्टरहरुको लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन घेराउ गर्दा प्रतिष्ठान तनाव ग्रस्त बनेको छ ।

आमा र बच्चा दुवैको मृत्यूको कारण प्रसुती गराउन ल्याईएकी विरामीलाई समयमै चिकित्सकले नहेरेको र लापर्वही गरेको कारण आमा बच्चा दुवैको ज्यान गएको मृत्कका मामा ससुरा गणेश चौहानले बताएका छन् ।

बिहिबार विहान १ बजे तिर इटहरी ४ की लक्ष्मी बुढाथोकीको मृत्यु भएको हो । उनलाई १२ गते प्रसुतीका लागि प्रतिष्ठानको प्रसुती वार्डमा भर्ना गरिएको थियो । लामो समय सम्म सुत्केरी व्यथा लाग्दा पनि समयमै प्रसुती नगरिएकोले बच्चा पेटमै मरेको र आमाको पनि मृत्यू भएपछि प्रतिष्ठानमा तनाब भएको हो ।

प्रतिष्ठानमा प्रसुती गराउन नसक्ने भए अन्त रेफर गर्नुको साटो त्यतिकै यहा राखिएकोले आमा बच्चा दुवैको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मृतकका आफन्तलाई बार्ताको लागि बोलाएको भएपनि स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी समयमै नआएको भनि मृतकका आफन्त विक्रम थापाले बताएका छन् ।

अहिले सम्म बार्ता पुरा विवरण आईसकेको छैन । बार्तामा प्रतिष्ठानबाट डा. अर्चना ठाकुर, डा. रोहित रिजाल सहितको टोली छन् भने मृतकका तर्फबाट आफन्तहरु सहभागी रहेका छन् ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्