Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँदिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो, २ सय घाइते

नागरिकता संमशोधनको बिषयमा विरोधमा उत्रिएका सर्वसाधरणको कारण यतिबेला भारतको राजधानी अशान्त भईरहेको छ । नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रियाकलाप भइरहेका छन् ।

सो कारण बिहीबार बिहानसम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने झण्डै २०० जना घाइते भएका स्वास्थ्य अधिकारीहरुले बताए । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्ध सैनिक बल परिचालन गरिएको छ ।

जिटीबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा ३२ जनाको मृत्यु भएको बिहीबार जानकारी दिए । लोक नायक अस्पतालका मुख्य चिकित्सकले आफ्नो अस्पतालमा २ जनाको मृत्यु भएको बताए ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्