Logo
२४ असार २०८२, मंगलबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।

सदनको मङ्गलबार बसेको बैठकमा गणपूरक सङ्ख्या नपुगि निर्णयार्थ प्रस्तुत हुन नसकेको सो प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थिए ।

बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीका तर्फबाट समितिका सदस्य जीवनराम श्रेष्ठले ‘राष्ट्रिय खेलकूद विकास विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदन समक्ष पेश गरे ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्