Logo
२६ भाद्र २०८१, बुधबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई लोकमान प्रवृत्ति नदेखाउन आग्रह गर्दै बाबुरामले भने- अरिङ्गाल सेनाले खुकुरी हानेको याद ताजैै छ

काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई तर्साउने र झुकाउने लोकमान प्रवृत्ति नदेखाउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बुधबार मातातीर्थको जग्गा फिर्ता गर्छु भन्दै दिएको अभिव्यक्तिको जवाफमा भट्टराईले प्रधानमन्त्री ओलीलाई ०५१ सालको भित्तेकाण्ड सम्झन आग्रह गरे ।

तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सबैलाई तर्साउने र झुकाउँछु भनेर लागेको स्मरण गर्दै उनले प्रधानमन्त्री ओलीले लोकमान प्रवृत्ति देखाउन खोजेको आशंका पनि व्यक्त गरे ।

२०५१ मा जनयुद्ध अगाडि तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएको बेला सिंहदरबार अगाडि आफूलाई खुकुरी हानिएको प्रसँग पनि उनले स्मरण गरे । “त्यतिबेला उहाँको अरिङ्गाल सेनाले खुकुरी हानेको अहिले पनि याद छ ।

त्यसैले लोकमानलेझैं तर्साएर झुकाउँछु भन्ने ठान्नुभएको हो भने उहाँले त्यो प्रसँग सम्झँदा राम्रो होला ,” उनले भने, “त्यसले कसरी जनयुद्धमा आगो बालेको थियो र त्यसको परिणाम के भयो सम्झिँदा हुन्छ ।”

पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो भने प्रधानमन्त्री र प्रधानन्यायाधीशमाथि पनि निगरानी गर्न सक्ने र संसदप्रति उत्तरदायी जनलोकपाल बनाउन र आफूलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्