Logo
२२ भाद्र २०८१, शनिबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवादै विवादको घेरामा नेकपा : सचिवालय बैठक बस्नु अघि नै अध्यक्षद्वयले गरे यस्तो छलफल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीभित्र उब्जिएका विवादित बिषयलाई टुंगोमा पुर्याउन ओली र प्रचण्डबीच बुधबार बिहान भेटवार्ता भएको हो ।

गत शनिवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर प्रधानमन्त्री बन्ने बाटो खुला गर्न संविधान संशोधन कार्यदल गठनको प्रस्ताव अघि सारेको समाचार बाहिर आएपछि त्यसको आलोचना र त्यसलाई लिएर नेकपामा विवाद चुलिएको छ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार संविधान संशोधन, गौतमलाई राष्टियसभामा लाने, एमसिसीको विषयमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदन, निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, पार्टी एकताको बाँकी कामलगायतको विषयमा अध्यक्षद्वयबीच छलफल भएको हो।

नेकपा वरिष्ठ नेता माधव नेपाल संयोजकत्वमा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ, केन्द्रीय सदस्य खिमलाल देवकोटाको संविधानन संशोधन कार्यदल गठन गरेको समाचारहरु बाहिरिएको थियो।

तर, पार्टीबाट आधिकारी निर्णय नआएको र व्यक्तिका लागि संविधान संशोधन गर्न नमिल्ने भन्दै कार्यदल सदस्य भनिएका नेम्बाङ र देवकोटाले कार्यदलमा बस्न अस्विकार गरेका थिए। यस्तै, अमेरिकी परियोजना एमसिसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल भएको छ।

कार्यदलले बिनासंशोधन संसदबाट पारित गर्न नहुने सुझाव दिएको थियो। नेकपाका शीर्ष नेताहरु पनि त्यसकै पक्षमा देखिएका छन्। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफलपछि नेकपाको सचिवाल बैठक बसिरहेको प्रधानमन्त्रीको प्रेस सल्लाकार सूर्य थापार्ले जानकारी दिए।

बैठकमा बाँस्कोटाको अडियो प्रकरण, एमसिसीका सम्बन्धमा सुझाव कार्यदलले बुझाएको प्रतिवेदन र नेकपाको भावी कदमको बविषयमा छलफल हुने बताए।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्