प्रदुषित सुचिको ८ नम्बरमा नेपाल : भारत र बांग्लादेशको तुलनामा स्वच्छ
एयर भिजुअलको विश्व हावा गुणस्तर रिपोर्टका अुसार नेपाल प्रदुषितको सुचिमा ८ नम्बरमा परेको छ ।
उक्त रिपोर्टमा भारत फेरि पनि सबैभन्दा दूषित हावा हुने सहरहरुको सूचीमा शिर्ष स्थानमा परेको छ । नयाँ रिपोर्ट अनुसार सबैभन्दा कम गुणस्तरको हावा भएका शिर्ष तीस शहरमध्ये २१ वटा भारतका छन् ।
एयर भिजुअलको विश्व हावा गुणस्तर रिपोर्टमा भारतको उत्तर प्रदेशस्थित राजधानी नयाँ दिल्लीको गजियाबाद सहर सबैभन्दा प्रदुषित रहेको उल्लेख छ ।
गत नोभेम्बरमा मात्र नयाँ दिल्लीले एक्युआइ स्तर ८०० नागेपछि स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । यो भनेको खतरनाक स्तरको पनि ३ गुणा बढी हो ।
हावामा हुने कुनै पनि कण २.५ माइक्रोमिटर ‘डाएमिटर’ भन्दा सानो भएमा स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ किनकी त्यस्ता साना कणहरु फोक्सो र ह्दय प्रणालीको गहिराइसम्म पुग्न सक्छन् ।
यसरी देशव्यापी रिपोर्टमा भने बांग्लादेश विश्वको सबैभन्दा प्रदुषित मुलुक रहेको पाइएको छ । अर्कोतर्फ चिनियाँ सहरहरुले भने हरेक वर्ष सुधार ल्याइरहेका छन् ।त्यसपछि पाकिस्तान, मंगोलिया, अफगानिस्तान, भारत क्रमशः पाचौँ स्थानसम्म रहेका छन् ।
नेपाल प्रदुषि सहरको हिसावले ८ नम्बरमा परेको छ भने नेपालको हावा विशेषगरी संवेदनशील समूहका लागि धेरै अस्वस्थकर मानिएको छ । नेपालको हावाको गुणस्तर पीएम ४४.५ रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदुषणका कारण वार्षिक ७० लाख मानिसको समय अगावै मृत्यु हुने गरेको छ ।
यसले विशेषगरी मुटु सम्बन्धी समस्या, क्यान्सर र स्वासप्रस्वासको संक्रमण बढी गराउँछ । तरपनि शहरी क्षेत्रमा बस्ने ८० प्रतिशत मानिस निर्धा्िरत हावाको गुणस्तर भन्दा खराब अवस्थामा बसोबास गरिरहेका छन् । यसमा पनि दक्षिण एसियाबारे विशेष चिन्ता व्यक्त गरिएको छ ।