Logo
२२ भाद्र २०८१, शनिबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन क्षेत्रमा पूर्वमन्त्री पण्डितलाई भ्याइ न भ्याइ

पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित विभिन्न कार्यक्रम भ्याएर पुनः काठमाडौं फर्किएका छन् । आइतबार मात्र गृह जिल्ला आएर आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रम भ्याएर पून काठमाडौं फर्किएका हुन् ।

निर्वाचनमा जनतामाझ गरेको बाचा पुरा गर्न निकै सकृय मोरङ क्षेत्र नं. ६ का संघिय सांसद रहेका पण्डितले आइतबार शुन्दर हरैँचा नगरपालिका स्थित पूर्वाञ्चल विश्वविद्यालय र सुनसरीको पर्यटकीय क्षेत्र ताल तलैया जोड्ने बुढीखोलाको पुलमा निर्माणाधिन पुलको अवलोकन तथा निरिक्षण गरेका छन् ।

उनले सो पुलमा हुँदै आएको प्रगतिकाबारेमा बुझेर तोकिएकै समयसिमा भित्र काम सक्न ठेकेदारलाई निर्देशन दिएका छन् ।

त्यसैगरी सोही निर्वाचन क्षेत्र अन्गर्तत शुन्दर हरैँचामै जेष्ठ नागरिक मिलिजुलि सामुदायीक भवनको शिलान्यास गरेका छन् । पण्डितकै पहलमा निर्माण हुन लागेको उक्त भवनको एक कार्यक्रम शिलान्यास गरेका हुन् । त्यस्तै निर्माण सम्पन्न भएको शुन्दरहरैँचा–५ स्थित बृन्दाबनको नुहाउने घाटको थप पहलका लागि छलफल गरेका छन् । उक्त घाटका लागि पण्डितकै पहलमा ५० लाख बजेट बिनियोजन भएको थियो ।

पण्डितले शन्दरहरैँचा–६ मा पञ्चायन मन्दीर सामुदायीक भवनको शिलान्यास गर्दै पुराणमा सहभागिता जनाए । सो भवनका लागि मन्त्री पदमै रहँदा तराई मधेश समृद्धि कार्यक्रम मार्फत २५ लाख रुपैयाँ बिनियोजन गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का १ नं. प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

सोमबार सांसद पण्डितलाई बुढिगंगा गाउँपालिकामा सम्मान गरिएको छ । सो गाउँपालिकाको वडा नं. १ पुष्पलाल चोक स्थित ॐ शान्ति भवन निर्माण सम्पन्न गर्न महत्वपूर्ण पहल गरेको भन्दै एक कार्यक्रमकाबिच सम्मान गर्दै धन्यवाद ज्ञापन गरे । त्यस्तै पण्डितले विराटनगर–६ मा निर्माण भइरहेको मुस्लिम कम्युनिटि सेन्टरको सामुदायीक भवन निरिक्षण तथा अवलोकन गरेका छन् ।

उनले सो भवन निर्माणको प्रगतिका बारेमा जानकारी लिँदै थप सहयोगका लागि स्थानीय मुस्लिम अगुवाहरुसँग छलफल गरेका थिए । उक्त भवन निर्माणका लागि पण्डितलेनै सरकारको तराई मधेश सम्मृद्धि कार्यक्रम मार्फत बजेट उपलब्ध गराएका थिए ।

उक्त भवनका लागि २५ लाख रुपैयाँ पण्डितले पहल गरेको नेकपा प्रदेश कमिटि सदस्य चौधरीले बताए । सोमबारनै टंकिसिनुवारीमा स्वर्गीय पण्डित लक्ष्मिप्रसाद नेपालको घरमा पुगेर संवेदना व्यक्त गरेका छन् ।

नेपालको सोमबार बिहानै अचानक मत्यु भएको थियो । त्यस्तै सोही गाउँपालिका–१ का ६२ सुर्यबहादुर परियारको परिवारलाई पनि भेटेर संवेदना प्रकट गरेका छन् ।

यस वाहेक गृह जिल्लामा अगुवा कार्यकर्ता भेटघाट, मन्त्री छँदा सुरु गरेका, र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाको अनुगमन र आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्या र पीरमर्का बुझेर पण्डित पुनः काठमाडौं फर्किएको नेकपा प्रदेश कमिटी सदस्य चौधरीले बताए ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्