Logo
३१ भाद्र २०८१, सोमबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

MCC र बास्कोटा प्रकरणबारे छलफल गर्न बुधबार नेकपा सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ। विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता र निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको ‘कमिसन डिल अडियो’ प्रकरणलाई बैठकको मुख्य एजेण्डा बनाइएको छ।

सचिवालयका एक सदस्यका अनुसार बुधबार ११ बजे बस्ने बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे आफ्नो धारणा राख्नेछन्। यी विषय टुंगो लगाउन नेकपा नेतृत्व गम्भीर नभएको आरोप लागिरहेका बेला सचिवालय बैठक बस्न लागेको हो।

यसअघि शनिबार फागुन १० गते बसेको बैठकमा यी विषयमा छलफल भएपनि नेतृत्व टुंगोमा पुग्न सकेको थिएन। त्यसको अघिल्लो दिन ९ गते एमसीसी अध्ययन कार्यादलले करिब २० दिन लगाएर गरेको अध्ययनको निष्कर्षसहित प्रतिवेदन मस्यौदा तयार पारेर बुझाएको थियो।

त्यसबारे कम्तिमा ३ दिन अध्ययन गरेर आफूहरु निष्कर्षमा पुग्ने ओली र दाहालले कार्यदलका संयोजक एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीलाई बताएका थिए।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्