Logo
२९ बैशाख २०८१, शनिबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुँडी घटाउने यस्तो छ, डाक्टर कोइरालाको १८ सुझाव

आधुनिक समयसँगै बर्तमान समयमा मोटोपन समस्याको रुपमा समाजमा देखिएको छ ।

बर्तमान समयमा कामको व्यस्तताले गर्दा मानिसले प्रयाप्तमात्रामा व्यायम गर्न भ्याएका हुदैनन् र अर्को खानपिनको कारण भँडी लाग्नु वा धेरै मोटाउनु समस्याको रुपमा देखिएको छ । धेरै माटाउनु र भुँडी लाग्नु अस्वस्थ शरीरको सूचक मान्न सकिन्छ ।

मोटोपन आफैंमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोग निमत्याउन अस्वभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्यधिक बोसो जम्नुलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटका समस्या, हर्माेनहरुको समस्या जस्ता रोगको प्रमुख कारकको रुपमा मान्दै आएको छ ।

हाम्रो शरीरको सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने ठाउँ पनि भुँडी क्षेत्र नै हो । भुँडीमा बोसो लागिसकेपछि त्यसलाई घटाउन धेरै गाह्रो हुने गर्छ ।
बढेको भुँडीबाट अनेकौं हानिकारक तत्वहरु निस्केका हुन्छन् । यस्ता हानिकारक तत्वहरु टाइप–२ मधुमेह, कोरोनरी मुटुरोग र अन्य धेरै रोगको कारक हुन्।

एक पटक भुँडी लागिसकेपछि घटाउन मुस्किल त पर्छ तर निम्नलिखित प्राकृतिक उपायको अबलम्वनले भुँडी घटाउन मद्दत गर्छ।

भुँडि घटाउने १८ सुझाब

१.फाइबरयुक्त खाना बढी खाने
२ .ट्रान्स फ्याटयुक्त खानेकुरा नखाऔ
३.मदिरापान नगरौं
४.उपबास गर्ने गरौं
५.जडीबुटीको काडा पिउने गरौं
६.प्रोबायोटिक्सयुक्त खानेकुरा खाने गरौं
७.संरक्षित खानेकुराहरु नखाऔं
८.एप्पल साइडर भिनेगरको प्रयोग
९.उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौं
१०.तनाव व्यवस्थापन गरौं
११.चिनी हालेका कुनै पनि पेय पदार्थ नलिऔं
१२.घरेलु चिल्लोको प्रयोग गरौं
१३.कार्डियो एक्सरसाइज गर्ने गरौं
१४.निद्रा पुग्ने गरी सुत्ने गरौं
१५.सागपात एवं फलफूल खाने गरौं
१६.पेटको व्यायाम गरौं
१७.हाई फ्रुक्टोज कर्न सिरपको सेवन नगरौं
१८.कार्बोहाइड्रेटको प्रयोग कम गरौं

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्