Logo
७ जेष्ठ २०८१, सोमबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातार बढीरहेको सुनको भाउ मङ्गलबार स्वाटै घट्यो

नेपाली बजारमा लगातार बढिरहेको सुनको भाउ मङ्गलबार तोलामा ३ सय रुपैयाँले घटेको छ ।

सुन मङ्गलबार तोलाको ८० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको थियो ।

मङ्गलबार चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको ९ सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्