Logo
२९ बैशाख २०८१, शनिबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिखर नगरपालिकाले सुरु गर्यो निशुल्क स्वास्थ्य सेवा अभियान

सुदूरपश्चिम प्रदेश स्थित डोटी जिल्लाको शिखर नगरपालिका भित्र रहेका सबै वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाइ निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने अभियान सञ्चालन गरिरहेको छ ।

सो अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरुको टोली अहिले घर घरमा गएर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका शिखर नगरपालिका–२, कालागाडका स्थानीय चेतबहादुर बोगटीले बताले बताएका छन् ।

उक्त ठाउमा यस भन्दा अगाडि त्यस नगरपालिकाको ज्येष्ठ नागरिक आफ्नो सामान्य उपचारको लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको थियो । त्यस समस्या घटाउने उद्देश्यले नगरपालिकाले निःशुल्क शिविर सञ्चालनमा अभियान ल्याएको नगर प्रमुख सिताराम जोशीले बताएका हुन् ।

उक्त सञ्चालन गरेको शिविरमा ज्वरो, रुघखोकी, मधुमेह, पक्षाघात, हृदयाघात, मिर्गाैला लगायत रोगको जाँच र उपचार निःशुल्क गरिने शिखर नगरपालिका स्वास्थ्य इकाइ प्रमुख हरिष शाहले बताएका छन् ।

उनले भने , ‘निःशुल्क शिविरमा सबै बिरामीको परिक्षण गरिनेछ, जटिल खालको समस्या देखिए जिल्ला अस्पताल डोटीलगायत अन्य जिल्ला बाहिरका अस्पतालमा उपचारका लागि पठाइने छ । ’

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्