Logo
२९ असार २०८२, आईतबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलिशाको ‘के जादु छ’ म्युजिक भिडियो सार्वजनिक

गायक सुरज कालाखेतीको स्वरमा रहेको ‘के जादु छ’ नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा शब्द, संगीत कालाखेती आफ्नै रहेको छ पवन सुस्लिङ्ले छायांकन गरेका छन। भिडियोमा अहिलेका युवापुस्ताको माझमा चर्चा बटुल्न सफल चर्चित मोडल अलिशा शर्मासँग द कोन्ज्योसोम ग्रुपको अभिनय रहेको छ।

भिडियोको निर्देशन द कोन्ज्योसोम क्रु का एलेक्स गोलेले गरेका छन। मिक्सिङ अशोक महर्जनले गरेका छन भने भिडियोको सम्पादन पवन सुस्लिङको रहेको छ। यस गीतमा विश्व अधिकारीले एरेन्ज गरेका छन।

गायक कालाखेतीको यस भन्दा पहिले पनि झुमा झुम्का, मायालु आउने बाटोमा गीतको म्यूजिक भिडियो सहित बजारमा आईसकेको छ। कालाखेतीले पहिलेका गीतहरूमा दर्शक स्रोताहरुको धेरै माया पाएकोले यो पटक पनि माया पाउने बिश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्