Logo
२५ असार २०८२, बुधबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण कोरियामा फैलियो कोरोना : नेपालीहरुलाई सावधानी अपनाउन दूतावासको आग्रह

काठमाडौं : चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि दिनानुदिन बढ्दै गैरहेको छ ।

नेपाली दूतावास दक्षिण कोरियाले कोरियामा नेपालीमा समेत कोरोनाको संक्रमण फैलन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो। कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ।

संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ। दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

हेर्नुहोस विज्ञप्ती :

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्