Logo
७ जेष्ठ २०८१, सोमबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउ बढ्नेक्रम जारी, हप्तामा ८० हजारसम्म पुग्ने अनुमान

नेपाली बजारमा पछिल्लो केही दिनयता सुनको भाउ दिनप्रतिदिन बढेको बढ्यै छ । सो आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ ।

बर्तमान समयमा चीनको वुहानमा सुरु भएको कारोना भाइरस विभिन्न देशमा फैलिएपछि अन्य व्यवसायमा नकरात्मक असर देखा पर्नथालेकोले गर्दा सुनमा लगानीकताको आर्कषण बढदै गएको छ त्यसकारण सुनको भाउ महँगो भएको अनुमान लगाउन सकिन्छ ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्नसक्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान रहेको छ ।

त्यस्तै नेपाली बजारमा आइतबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्