राजनीति की संयोग : महराले पाए सफाइ, तुम्बाहाम्फे कानुन मन्त्री
काठमाडौँ : बलात्कार प्रयासको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सभामुख कृष्णबहादुर महराले अन्ततः सोमबार जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् ।
त्यसैगरी आजकै दिन पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिएकी छन् ।
२०७६ साल माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेले त्यसको एक महिनाभित्रै मन्त्रीका रूपमा पुनः सिंहदरबार छिर्ने अवसर पाएकी हुन् ।
फरक यति मात्र हो एक महिनाअघिसम्म उनी व्यवस्थापिकाकोे भूमिकामा थिइन् भने अब कार्यपालिका सदस्यको भूमिकामा सिंहदरबार प्रवेश गरेकी हुन् ।