Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा धमाधम कालोपत्रे सडकको शिल्यान्यास

सुनसरीको दुहबी वडा नम्वर ९ मा पनि ५ किलोमिटरको २ वटा कालोपत्रे सडकको शिल्यान्यास भएको छ । दुहबी वडा नम्बर ९ बेङरि देखि मधेली जाने बाटो हुँदै गढी गाउँ पालिका को सिमाना सम्म ५ मिटर चौडाइ र लम्बाइ १ हजार ९०० मिटरको सडक कालो पत्रे हुने भएको हो ।

२०७६ पुष २२ गते सो योजना सम्झौता भएको १ वर्ष भित्रमा २०७७ पुष २१ गते सक्ने गरि शाह निर्माण सेवाले ३ करोड १२ लाख ८२ हजार ९ सय ८२ मा ठेक्का लिएको
हो । अर्को कालो पत्रे सडक खण्ड दुहबी ९ छाताबेलि देखि दक्षिण नहर चौक हुँदै दुहबी वडा नम्बर ११ र ७ को नहरको बाटो हुँदै दुहबी १२ पुर्ब कुसाहालाई जोड्ने छ । उक्त कालो पत्रे सडकको लम्बाई ३०९० मिटर र चौडाइ ४ मिटरको हुनेछ । उक्त सडक खण्ड ३ करोड ५८ लाख ५८ हजार ५ सयमा इस्टिमेट भै सकेको ठेक्का प्रक्रियाको अन्तिम चरणमा रहेको छ ।
बुधबार एक समारोहका बिच दुबै कालोपत्रे सडकको संयुक्तरूपमा शिल्यान्यास गर्नुहुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले नेतृत्व गर्न नेताले सपना हेर्नु पर्छ र लगानी जुटाउन मेहनत गरे मात्र सपना साकार हुने बिचार व्यक्त गर्नु भयो । दुहबीको १२ ओटै वडालाइ राजर्मागबाट जोडेर रिङरोड बनाउँने महत्वपूर्ण योजनाकारुपमा लिदैं स्थानिय सरकारले कालोपत्रे सडकलाइ प्राथमिकतामा राखेको नगर प्रमुख गच्छदारले बताउँनुभयो ।

फागुन २ गते शुक्रबार दुहबी वडा नम्बर ४ मा ४ वटा महत्त्वपूर्ण योजनाको शिलान्यासले दुहबी नगरवासिले गर्व गर्ने गरि काम हुने मेयर गच्छदारले जानकारी दिनु भयो । महत्वकांक्षि योजनाकोरुपमा रहेको फिट्नेस सेन्टर, ब्यब्स्थित हाट बजार, रंगशाला निर्माण र ब्यब्स्थित माछा मासु पसलको योजनाले नगरवासीको मुहार फेरिने भएकोले विकास निर्माणको काममा स्थानियले सहयोग गर्नुपर्नेमा जोड दिनु हुँदै मेयर गच्छदारले बिकासको काममा कुनै विभेद न गर्ने प्रतिबद्धता जनाउनु भयो । ब्यब्स्थित हाट बजार र ब्यब्स्थित माछा मासु पसलको छेउमा कोल्ड स्टोर समेतको निर्माण गरिने हुँदा किशानहरुले सस्तो मुल्यमा आफ्नो साग सब्जी तथा माछा लगायतका समानहरु राख्न पाउने मेयर गच्छदारले जनाउनु
भयो । फरक प्रसङ्गमा मेयर गच्छदारले शिक्षा र स्वास्थ्यलाई समेत प्रमुख प्राथमिकतामा राखेको बताउनु हुँदै दुहबी ९ नम्बर वडामा अत्याधुनिक स्वास्थ चौकी र टेक्निकल ईन्स्टिच्युट खोल्ने अबधारणा अगि सारेको जानकारी दिनु भयो । साथै वहाँले एसइइमा कम ग्रेड ल्याउने विद्यार्थीहरुका लागि प्राबिधिक शिक्षा मार्फत रोजगारीको ग्यारेन्टि गर्ने समेत बताउनु भयो ।

शिल्यान्यास समारोह कार्यक्रममा पुर्ब राज्य मन्त्री सुमित्रा बिश्वास, दुहबी नगर पालिकाकि उपमेयर सुनिता दाहाल(शाह) दुहबी नगर पालिका वडा नम्बर २,७, ८,९ का वडाध्यक्ष र वडा सदस्य हरु, नेपाली काङ्ग्रेसका नेता अब्दुल मिया,महेस बास्तोला,प्रदीप चौधरी, नेकपाका नेता हेदर अलि, आबिद हुसैनले जनताको चाहना र आवश्यकता अनुसार काम गर्नुपर्नेमा जोड दिनु हुँदै बिकास निर्माणको कामलाई सबै मिलेर सहयोग गर्नु पर्ने जनाउनु भयो । कार्यक्रममा समाजसेवि, महिला,अगुवा कार्यकर्ता, बालबालिका लगायत स्थानियवासीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्