Logo
२५ असार २०८२, बुधबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारहरुसंगै माधव नेपाल र बाबुरामविरुद्ध पनि मुद्दा चलाउन माग गर्दै रिट दायर

बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

अधिवक्ता न्यौपानेले बुधबार अख्तियार दुरुपयोग अनुसन्धानa आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्व पनि मुद्दा दायर गर्न माग गर्दै रिट दायर गरेका हुन।

अख्तियारले गत गत साता १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यही प्रकरणमा अख्तियारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा दायर गरेकोमा कांग्रेसले विरोध गरेको थियो ।

उसले लगातार तीन दिनसम्म संसद अवरुद्ध समेत गरेको थियो । कांग्रेसले पनि यो प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई किन चोख्याईयो रु भन्दै आवाज उठाउँदै आएको छ ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्