Logo
६ जेष्ठ २०८१, आईतबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई बुधवार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरे।

मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले बुधवारदेखि लागू हुने गरी उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्