Logo
२२ भाद्र २०८१, शनिबार
(February 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले आज संसद अवरोध नगर्ने

काठमाडौं : नेपाली कांग्रेसले आजको प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ ।

कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे यता कांग्रेसले संसद चल्न दिएको थिएन ।

कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन् ।

बैठकको सुरुमा आफ्नो कुरा राख्ने र संसद सञ्चालन हुन दिने सूचना सभामुखलाई दिन लागेको डा. संग्रौलाले जानकारी दिइन् । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

प्रकाशित मिति: Feb 11, 2020

प्रतिक्रिया दिनुहोस्