Logo
६ जेष्ठ २०८१, आईतबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सकियो मन्त्रिपरिषद बैठक, लगाउन सकेन आईजीपीको टुंगो

काठमाडौं : सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न सकेन । स्रोतका अनुसार अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्ने भएको छ ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् । यदी सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरे हालका आईजीपी खनालकै ब्याचको कार्यकाल थपिनेछ भने डीआईजी केदार रिजाल उत्तराधिकारी बन्नेछन् ।

खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ ।

आइजीपी खनालको कार्यशैलीले नेपाल प्रहरीको छवि उच्च बनाएको भन्दै पाँच महिनाका लागि नयाँ आइजीपी नथप्न समेत कतिपय नेताले नेकपाका दुवै अध्यक्षलाई सुझाव समेत दिएका छन् ।

आजको मन्त्रिपरिषद बैठकपछि गृहमन्त्री रामबहादुर थापा बादलसित प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे छुट्टै परामर्श गरेका छन् ।

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्