Logo
२३ बैशाख २०८१, आईतबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी नगर प्रमुख आवास योजना द्रुत गतिमा निर्माण हुँदै, मेयर गच्छदारले गरे निरीक्षण

सुनसरीको दुहबी ११ स्थित तनमुनामा नगर प्रमुख आवास योजनाको ५० ओटा घर निर्माण कार्य द्रुत गतिमा
भइरहेको छ । इनरुवाको साह ब्राइट बुल जेवी निर्माण कम्पनीले आवास योजनाको भवन ३ करोड ३९ लाख ८१ हजारमा ठेक्का पाएको थियो ।

आइतवार नगर प्रमुख आवास योजनाको निरीक्षण अनुगमन गर्नुहुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले बहु वर्षिय गुरु योजना अन्तर्गत हाललाइ २ कोठा र १ भान्सा घर, खानेपानि सहितको ५० ओटा घर बनाएपछि बिस्तार गरिदैं लैजाने बताउँनुभयो । २ विगाहा क्षेत्रमा तयार हुँने नगर प्रमुख आवासलाइ अत्याधुनिक तरिकाले डिजाइन गरिनुकासाथै भवन नजिकै सामुदायिक भवन स्कुल र पार्क समेत बनाउँने अवधारणा अगि सारिएकोले सुकुमवासी तथा विपन्न वर्गकाहरुले प्रत्यक्ष लाभ पाउँने नगर प्रमुख गच्छदारले बताउँनुभयो ।

मंसिर १७ गते ठेक्का लागेको नगर प्रमुख आवास योजनाको ५० ओटा घर निर्माण कार्य २०७७/०७८ सम्ममा पुरा हुँने दुहबी नगरपालिकाका इन्जिनियर हेमनारायण माझीले जानकारी दिएका छन ।

प्रकाशित मिति: Feb 9, 2020

प्रतिक्रिया दिनुहोस्