Logo
३१ बैशाख २०८१, सोमबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लसुनको मूल्य दिनप्रतिदिन बढ्दो, प्रतिकेजी ६ सय ३५ पुग्यो

 बजारमा लसुनको मूल्य दिनप्रतिदिन बढ्दो छ । १५ दिनअघिसम्म झण्डै साढे २ सय रहेको लसुनको मूल्य अहिले प्रतिकेजी ६ सय ३५ पुगेको छ ।

प्रतिदिन बढ्ने क्रममा रहेको लसुनको माग अनुसार आपूर्ति छैन । आज विहीबार कातिमाटीमा लसुन किन्न जाँदा सुकेको दसुन नपाएको एक व्यापारीले वताए ।

आज कालिमाटीमा सुकेको लसुनको मूल्यसूचि छैन भने हरियो लसुनको मूल्य १ सय ७५ प्रतिकिलो छ ।

सुकेको लसुन महंगिएपछि हरियोको पनि माग बढ्न थालेको छ । कालीमाटी तथा फलफूल बजार विकास समितिका अनुसार विगत २ सातामा हरियो लसुनको मूल्य १६ प्रतिशतले बढेको छ ।

दिन /दिन बढ्दो क्रममा रहेको हरियो लसुनको मूल्य आज १७५ रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ । गतसाता १ सय ३५ थियो । त्यस्तै सुकेको लसुन पनि दिनह्ँ बढ्दो छ ।

गतसाताको तुलनामा १00  बढेको छ । गत साताको अन्तिम दिन सुकेको लसुनको मूल्य ५ सय ५५ थियो भने आज प्रतिकीलो ६ सय ३५ पुगेको कालिमाटी तरकारी बजारले जनाएको छ ।

कोरोना भाइरसका कारण पछिल्लो समय चीनबाट लसुनको आयात भएको छैन् । चीनसंगको सीमा बन्द भाएका कारण आयात रोकिएको हो ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिकाअनुसार पुस महीनामा चीनबाट २५० टन चिनियाँ लसुन आयात भएकोमा माघ महीनामा हालसम्म मात्र ९८ टन आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार यस आवको पहिलो ६ महीनामा चीनबाट रू ५४ करोड ५२ लाख बराबरको ५०७८ टन लसुन आयात भएको छ ।

स्वदेशी लसुनले माग आपूर्ति गर्न नसकेपछि विदेशबाट लसुन आयात गर्ने गरिएको छ । भन्सार विभागको तथ्याक अनुसार चालू आर्थिक वर्षको ६ महिना साउन देखि पुस सम्ममा विदेशबाट १६ करोड २७ लाख ५६ हजार रुपैंयाको लसुन आयात गरिएको छ ।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्